इटहरी / इटहरीमा सत्य घटनामा आधारीत सडक नाटक प्रदर्शन गरीएको छ ।
बुधबार इलाका प्रहरी कार्यलय इटहरी र समुदाय प्रहरीको साझेदारी तथा मायाघर नेपालको आयोजनामा सडक नाटक प्रदर्शन गरीएको हो ।
इलाका प्रहरी कार्यलय इटहरीको प्राङ्गणमा प्रदर्शन गरीएको नाटकमा माया घर नेपालले बेसाहारा ,तथा परीवार विहिन भएर सडकमा पुगेका ब्यक्तिहरुको कसरी उद्दार र संरक्षण गर्दछ भनेर देखाईएको थियो ।
नाटकमा केही युवकहरुले प्रेमजालमा पारेर युवतीलाई गर्भवति बनाएर छाडेपछी सडकमा आईपुगेकी र विचल्लिमा परेकी युवति साथै उनको सन्तानको उद्दार र विभिन्न कारणले सडकमा आईपुगेका वृद्वको उद्दार माया घर नेपालले गरेको देखाईएको थियो ।
विभिन्न कारणले सडकमा आईपुगेका ब्यक्तिहरुको उद्दार पश्चात कसरी कानुनि प्रकृया पूरा गरीन्छ र सडकमा आईपुगेको मानीसहरुको संरक्षण गरीन्छ साथै अपराध कर्ममा संलग्नहरुलाई कानुनि कार्वाही गरीन्छ भनेर समेत देखाईएको थियो । नाटकको निर्देशन कलालय इटहरीका डेविड बिष्टले गरेका हुन् ।
बुधबार इलाका प्रहरी कार्यलय इटहरीको प्राङ्गणमा सडक नाटक प्रदर्शन गरीएको थियो । नाटक प्रर्दशनी कार्यक्रमको प्रमुख अथिती समेत रहेका इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले सडकमा बेबारीसे वा सडकमा अप्ठ्यारो अबस्थामा केही कसैलाई देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरे । डिएसपी खड्काले माया घर नेपाल इटहरीले साहारा विहिन भएका ब्यक्तिहरुको सहयोग र संरक्षण गरीरहेको भन्दै प्रशंसा समेत गरे ।
इटहरी २ स्थितमा रहेको माया घर नेपालले सडकमा अलपत्र परेका,मानसिक समस्या भएका,हिसां पिडीतहरुको साहारा बनेर सहयोग र संरक्षण गर्दै आईरहेको छ । हाल माया घर नेपाल इटहरीमा १२३ जनाले साहारा लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved