हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

  • प्रकाशित मितिः माघ ४, २०७९
  • ८७ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं  / हेलिकप्टर दुर्घटनामा परेर युक्रेनका गृहमन्त्रीको मृत्यु भएको छ । राजधानी कीभको पूर्वी उपनगरमा रहेको एक किन्डरगार्टन छेउमा हेलिकोप्टर खस्दा मन्त्रीसहित १६ जनाको मृत्यु भएको हो ।

मन्त्री डेनिस मोनास्टिरस्कीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको युक्रेन सरकारले पुष्टि गरेको छ । हेलिकप्टर ब्रोभरीको उपनगरमा खसेको थियो ।

मृत्यु हुनेमा दुई बालबालिका रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा उपमन्त्री र राज्य सचिवको पनि मृत्यु भएको छ । हेलिकप्टरको भग्नावशेष जलिरहेको भवन बाहिर देखिएको छ ।

किन्डरगार्टन नजिकै आगो लागेको क्षेत्रबाट बालबालिका र कर्मचारीलाई सारिएको छ । दुर्घटनाको समयमा कुहिरो लागेको बताइएको छ ।

प्रारम्भिक रिपोर्टमा हेलिकप्टर आवासीय भवनको नजिक दुर्घटना हुनु अघि किन्डरगार्टनमा ठोक्किएको थियो । त्यहाँ रहेका केही कर्मचारी र बालबालिकाको पनि ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved