इटहरी / इटहरीमा सहकारी तथा गरीवि सम्बन्धी व्यवस्थापन तथा सुचना प्रणालीवारेमा तीन दिवसिय तालिम सुरु भएकाे छ ।
इटहरी उपमहानगरपालिका सहकारी शाखाकाे आयाेजनामा उक्त तालिम सुरु भएकाे हाे । इटहरी उपमहानगरपालिका भित्र सञ्चालित ४० वटा सहकारी सस्थांहरुकाे १ १ जना प्रतिनिधिहरुकाे सहभागितामा रहने तालिम माघ ४ गते देखि माघ ६ गते सम्म तीन दिन सञ्चालन हुने छ ।
इटहरि उप-महानगरपालिका क्षेत्रका सहकारिहरूलाई समयानुकुल व्यवस्थित ढंग वाट प्रविधि मैत्रि वनाई सेवा संस्था संचालन गर्न गराउन दक्ष जनशक्ति उत्पादन गर्न उक्त तालिम काे आयाेजन गरिएकाे हाे । तालिम उद्घाटन कार्यक्रमा इटहरी उपमहानगरपालिकाकि उपमेयर संगिता चाैधरी , सहकारी शाखा प्रमुख वालकुमार पाेख्रेल , इटहरी वडा नं १ का अध्यक्ष रतन कार्की , कार्यपालीका सदस्य भिमा तुम्वाहाम्फे , नगर सहकारी समिति सदस्य विमला प्रधान , प्रशासन साखा प्रमुख सञ्जिव खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमा सहकारि साखा प्रमुख वालकुमार पाेखरेलले उपस्थित सम्पुर्ण लाई धन्यवाद ज्ञापन गर्दै ,उत्साहजनक ढंगवाट सहभागि भई तालिम काे फाईदा लिन अनुराेध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved