इमान्दार भएर जनसेवा गर्छु : वडाअध्यक्ष माधव कोईराला

  • प्रकाशित मितिः माघ ६, २०७९
  • २३६ पटक पढिएको
  • नवीन दाहाल
alt

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्वर २ का वडाध्यक्ष माधव कोईराला आफु जन प्रतिनिधि भए पश्चात जनताको सेवामा र सामाजिक कार्यमा सक्रिय बनेका छन् । निर्वाचन भए लगत्तै वडाध्यक्ष कोईरालाले प्रतिबद्धता अनुसार थुप्रै सामाजिक कार्य गरेर वडावासीको मन जित्न सफल भएका छन् । वडाध्यक्षको सुरुवाती काम देखेर उनको प्रसंशा हुने गरेको छ ।

वडाको काम विकास निर्माणका काम र जनताको सरोकारहरुको बिषयमा ब्यस्त छन् इटहरी वडा नं २ का वडाअध्यक्ष कोइराला । वडामा दैनिक रुपमा आउने वडाबासीका काम र मागहरु सुनेरै आफ्नो दैनिकी बित्ने गरेको बताउछन् वडाअध्यक्ष कोईराला । विभिन्न संघ सस्थाका कार्यक्रमहरु देखि , जनताका मुद्दा तथा सानातिना घरेलु समस्याहरु मिलाउन पनि ब्यस्त हुने गर्दछन् ।

जनताका समस्या र जनसरोकारका बिषयहरुलाई सम्बोधन गर्दै विकास निर्माणका कार्यहरुको अनुगमन गर्दै वडाको विकासमा हर्दम तत्पर छन् वडाअध्यक्ष कोईराला । वडामा धेरै योजनाहरु चालू अवस्थामा छन् ,केही योजनाहरु सम्पन्न हुन लागेका छन् भने केही योजनाहरु सम्झौताको अबस्थामा पुगेका छन् ।

madeb koiralaसडक निर्माण सम्भाव्यता अध्ययन गर्न आएको विश्व बैकंको टोली सगँ वडाअध्यक्ष कोईराला

वडामा २ वटा सामुदायीक विद्यालयहरु छन् । एउटामा आधारभुत तह सम्म पढाइ हुन्छ भने अर्काेमा मावि स्तर सम्म पढाइ हुन्छ । उक्त सामुदायिक विद्यालयहरुको स्तर उन्नती गरेर गुणस्तरीय शिक्षा प्रदानको निम्ति आफू लागि रहेको वडाअध्यक्ष कोईराला बताउछन् ।

वडाको खेलकुद क्षेत्रको विकासमा ध्यान दिदै तेक्वान्दो , डोजाङ्ग लगायतका खेलकुदका निम्ति वडाले बेला बेला आर्थिक सहयोग समेत गर्दै आईरहेको वडाअध्यक्ष कोईरालाले बताए ।

वडा नं २ वढी डुवान हुने क्षेत्रमा पर्ने गरेको वडा अध्यक्ष वताउछन् । वढी डुवान हुने भएकाले पानिको निकासको निम्ति वडामा ड्रेन निर्माणको कार्यलाई प्राथमिकतामा राखेर आघी बढाईएको छ । वडामा हाल ३६ वटा ड्रेन निर्माण योजना परेको र निर्माण कार्य चलिरहेको ती मध्ये धेरैवटा ड्रेन निर्माण सम्पन्न भईसकेको वडाअध्यक्ष कोईरालाले बताए ।received_626711549257931

नगरको तर्फबाट हुने सडक निर्माण तथा तार जालीका कार्यहरु ठेक्का प्रकृयामा रहेको र चाडै कार्यहरु सुरु हुने समेत वडाअध्यक्ष कोईराला बताउछन् ।

विकास निर्माणका धेरै कार्यहरु धमाधम अघि वढिरहेको अवस्थामा वडामा सामाजिक विकासका कार्यहरु अघि वढाउन पिछडिएका वर्ग दलित महिला जस्ता वर्गहरु लक्षित गरेर विभिन्न कार्यक्रमहरु ल्याउने योजना २ नं वडाको रहेको छ ।

वडाको चौतर्फी विकासमा लागीरहेका वडाअध्यक्ष कोईरालालाई वडाबासीको साथ पनि राम्रै रहेको छ ।

वडाको विकासमा निरन्तर रुपमा लागेका वडाअध्यक्ष कोईराला भन्छन् “वजेट नगएको ठाउमा वडा वासीले असन्तुष्टि जनाउनु स्वभाविकै हो । सिमित स्रोत साधनभएका कारण सबै क्षेत्रमा वजेट नपुग्ने भएकाले वडा बासीको प्राथमिकता र आवश्यकताका आधारमा विकासको कार्यलाई अगाडि बढाउदै आईरहेका छौ । “

वडा नं २ शहर उन्मुख वडा साथै विभिन्न स्थानबाट वसाई सरेर आउने मानिसहरुको बसोबास रहेको स्थान हो । वडा नं २ को मुख्य समस्या भनेको डुवान समस्याहो । महिनौ सम्म डुवान नभएपनिअत्याधिकपानी परेको बेला सडकहरु सबै डुब्ने भएकाले बर्खा यामको समयमा पटक पटक डुवानको समस्या वडाले खेप्नु पर्ने गरेको वडाअध्यक्ष कोईराला वताउछन् ।

पहिला पहिला वसेका ईट्टा भट्टाहरुले माटो काटेका कारण पनि धेरै पहिला देखि नै डुवान हुने गरेको उनले बताए । यस्ता डुवानबाट वडालाई जोगाउन ड्रेन निर्माण सडक निर्माण कार्यहरु अघि बढिरहेको समेत वडाअध्यक्ष कोईरालाले बताए ।

यस्तै वडाको अर्काे समस्या भनेको बेरोजगारी समस्याहो । बेरोजगारी समस्या वडाले समाधान गर्न नसक्ने भएकाले सरकारले नीति ल्याएर अघि बढ्नु पर्ने वडाअध्यक्ष कोईरालाले बताए ।

सडक र ड्रेननिर्माण मात्र विकासको कार्य नभएकाले वडामा कृषि क्षेत्रको विकासको लागि कृषकहरूलाई कृषिकर्मको निम्ति आवश्यक स्रोत र साधनहरु समयमा सहजै उपलब्ध हुने वातावरण सिर्जना गर्न वडाले पहल गर्ने वडाअध्यक्ष कोईराला बताउछन् । वडाको भौतिक पुर्वाधार निर्माण कार्य सगैँ मानविय विकासहरु शिक्षा,स्वास्थ्य , पशुपालन व्यबसाय लगायतको विकासका निम्ति विभिन्न योजना र कार्यक्रमहरु ल्याउने उनले बताए ।

तालतलैया क्षेत्र वडा नं २ र ३ ले चर्चेको छ । यस क्षेत्रलाई २ वटै वडाको समन्वयमा विकास गर्दै बृहत पर्यटकिय क्षेत्र बनाउने योजना रहेको छ । तालतलैयालाई वृहतर पर्यटकिय क्षेत्र बनाउन विश्व बैक र एसीयाली विकास बैकंले पनि चासो दिएको कारण नगर विकास कोष लगायतबाट आर्थिक स्रोत जुटाएर यस क्षेत्रलाई पुर्वकै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने,पर्यावरणीय अध्ययन क्षेत्रको रुपमाविकास गर्नेबारेमा छलफल भइरहेको रहेको वडाअध्यक्ष कोईरालाले जानकारी दिए ।

वडामा दूधउत्पादन ,कुखुरा पालन , बाख्रापालन , मौरीपालन गर्ने किसानहरु रहेको वडाअध्यक्ष कोईरालाले बताए । वडामा अन्नबाली भन्दापनि तरकारी खेतीतर्फ किसानहरुलाई आकर्षित गर्न सके राम्रो सम्भावना रहेको उनले बताए ।

वडा नं २ बासीहरु धेरै जसो बैदेशिक रोजगारीमा रहेको तर वडामा पशुपालनमा लागेर दुधउत्पादन गर्ने हो भने २ नं वडाबाटै इटहरी दूध उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनसक्ने वडाअध्यक्ष कोईराला बताउछन् । २ नं वडामा बढि किसानहरु कुखुरा पालनतर्फ आकर्षित छन् ।

वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य उपचार हुने गर्दछ । वडाका खोप कार्यक्रमहरु पनी सोही केन्द्रबाट सञ्चालन हुनेवडा अध्यक्ष कोईरालाले बताए ।

राजनैतिक यात्रा

वडाअध्यक्ष कोईरालाको पारीवारीक पृष्ठभुमी समेत राजनीतिक रहेको छ । दाजु ओम कोईराला नेपाल कम्युनिस्ट पार्टीको सक्रीय नेता थिए ।

वि स २०२६ सालमा इटहरीमा जन्मिएका वडाअध्यक्ष कोईरालाले आफ्नो राजनैतिक यात्रा विद्यार्थी जीवन देखि नै सुरु गरेका हुन् । अनेरास्ववियुको सदस्यबाट महेन्द्र मोरङ्ग क्याम्पसबाट २०४३ सालमा विद्यार्थी राजनिती सुरु गरेका कोईराला २०४६ सालको जनआन्दोलनको समयमा पक्राउ समेत परे । विद्यार्थी नेताको रुपमा होस्टेलबाटै पक्राउ परेका कोईरालाले त्यसबेला ११ दिन जेल जीवन समेत बिताएका थिए ।

Capture 15

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved