प्रदेश-१ लाई हराउँदै सुदूरपश्चिमले जित्यो ‘प्रधानमन्त्री कप महिला टी–२०’ को उपाधि

  • प्रकाशित मितिः माघ ७, २०७९
  • १९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी पहिलो पटक सुदुरपश्चिमले जितेको छ ।

इटहरीमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । जनता पार्क मैदानमा जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउदै पूरा गर्यो ।

सुदुरकी कविता जोशी २० बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहदा सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रनमा अविजित रहिन । डली भट्ट १६ बलमा १ चौका र २ छक्का सहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो । प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा बर्चश्व कायम राखिन । उनले स्कुटरसगै प्रमुख दुई अवार्ड जितिन ।

कविताले उदयमान खेलाडीको रुपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मुल्यको स्कुटर पाइन । कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार नगद पुरस्कार पाइन ।

सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुदै नगद २० हजार पुरस्कार पाइन । विजेता सुदूरले पाच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।

तस्वीरहरु : गुरु ढकाल/सञ्चारपाटी

received_1239528380253167

received_1138524806853918

received_697100598589552

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved