इटहरी / इटहरी उपमहानगरपालीकामा नगर वाल सञ्जालको पुनर्गठन गरीएको छ ।
शनिवार इटहरीको विपी चौक स्थित जेसीस सभाहलमा सविन तिम्सीनाको अध्यक्षतामा नगर वाल सञ्जालको पुनर्गठन गरीएको हो ।
भर्खरै सम्पन्न इटहरी उपमहानगरपालीकाको नगरसभाबाट पारीत भएको 'बाल मैत्री शासन प्रबर्द्धन तथा बाल संरक्षण कार्यबिधि' को आधारमा सञ्जालको पुनर्गठन गरीएको नगर बाल सञ्जाल इटहरीका सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।
वाल भेला मार्फत बन्द सत्र,खुल्ला सत्र गर्दै गठन गरीएको उक्त सञ्जालको अबको मुख्य उदेश्य इटहरीलाई बाल नगरमैत्री घोषणा गर्न आवश्यक पहल र कार्यहरु गर्नु रहेको वालअधिकार कर्मी तथा नगर बाल सञ्जालका सस्थापक सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved