लागुऔषध गाँजा सहित ६ जना पक्राउ

  • प्रकाशित मितिः माघ ९, २०७९
  • १०३ पटक पढिएको
  • सञ्चारपाटी
alt

धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका १ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को। १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका १ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो ।

लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा ५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका ७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका ५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।


यसैगरी हिजो बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका(११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका ४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved