मिडिया ग्यालरी प्रालीले आयोजना गर्न लागेको मिस प्रदेश ट्यालेन्ट हन्टको अडीसन राउण्डको लागि अनलाइन फर्म सुरु हुने भएको छ । साथै फर्म भौतिक रुपमा समेत भर्न सकिने छ ।
अनलाइन आवेदनका लागि nepalvote.com मा गएर भर्न सकिने छ । प्रदेश १ का प्रतिष्ठित कलेजहरुको समेत साझेदारी रहेको यस रियालिटी शोमा प्रदेश एक का १२ जिल्लावाट छानिएका १८ वर्ष देखि २५ वर्ष उमेरका महिला प्रतिस्पर्धीहरुवाट उनीहरुको प्रतिभालाई सबैका माझ ल्याउने मिडिया ग्यालरीले जनाएको छ ।
१५ दिने बन्द प्रशिक्षणको माध्यमवाट उनीहरुको विभिन्न किसिम तथा तालिमद्वारा उनीहरुको ब्याक्तित्व विकास गर्दै प्रतिस्पर्धीको लुकेको प्रतिभालाई बाहिर ल्याइने छ भने उक्त शोका सम्पूर्ण एपिशोडहरु टेलिभिजन तथा युटुब च्यानल एवं बिभिन्न माध्यमद्वारा प्रशारण गरिने मिडिया ग्यालरीले जनाएको छ भने ग्राण्ड फिनाले चाँही ब्युटी पेजेंट माध्यमवाट सम्पन्न गरिने आयोजकले जनाएको छ ।
यस रियालिटी सो का बिजेताले नगद पुरस्कार राशीका साथै बिभिन्न किसीमका अवसरहरु पाउने छन् । नेपालमै पहिलो पटक सुरु हुन लागेको यस किसिमको रियालिटी शो प्रदेश १ संगै अरु ६ वटै प्रदेशमा समेत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved