झापाको चिया बगानमा दुई जना मृत फेला

  • प्रकाशित मितिः माघ १०, २०७९
  • १२३ पटक पढिएको
  • सञ्चारपाटी
alt

झापाको एक चिया बगानमा युवक–युवती मृत भेटिएका छन् । कचनकवल–४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको प्रहरीले बताएको छ ।

बगानमा रहेको रुखमा दुवै झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र पवित्रालाई गणेश परिवारले अलग्गाउने कोसिस गरेको स्थानीयको भनाइ छ । केटी पक्षले राजेशलाई अस्वीकार गरेको छिमेकी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved