चारकोसे जंगलमा नवजात शिशु फाल्ने सुनसरीका अमितलाल पक्राउ

  • प्रकाशित मितिः माघ १०, २०७९
  • ९० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

 सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालिएको थियो । जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved