इटहरी / इटहरीमा सहकारी व्यवस्थापन सम्बन्धी तिन दिवसिय तालिम सुरु भएको छ ।इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा उक्त तालिम सुरु भएको हो ।
इटहरी उपमहानगरपालिका भित्र सञ्चालित २५ वटा सहकारी सस्थांहरुको २५ जना प्रतिनिधिहरुको सहभागितामा रहने तालिम माघ १० गते देखि माघ १२ गते सम्म तीन दिन सञ्चालन हुने छ ।
इटहरि उप(-महानगरपालिका क्षेत्रका सहकारिहरूलाई समयानुकुल व्यवस्थित ढंग वाट सञ्चालन गर्न उक्त तालिमको आयोजना गरीएको इटहरी उपमहानगरपालीका सहकारी शाखा प्रमुख बाल कुमार पोख्रेलले बताए ।
तालिममा सहभागीहरुलाई सहकारी सस्थां सञ्चालन सम्बन्धी कानुन, प्रावधान , ऐन , सहकारी सञ्चालन तथा ब्यबस्थापन सम्बन्धी उपयाहरु , सहकारीका समस्या सामधानका उपयाहरु ,सहकारी सस्थां सञ्चालनका क्रममा गडबढी गरे हुने कानुनि कार्वाहीको बारेमा प्रशीक्षण दिईने प्रमुख बालकुमार पोख्रेलले बताए । तालिमको मुख्य प्रशीक्षको रुपमा इटहरी उपमहानगरपालिका सहकारी ब्यवस्थापन समितीका सदस्य समेत रहेका सुमन पौडेल रहेका छन् ।
तालिम उद्घाटन कार्यक्रमा इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख वालकुमार पोख्रेल , सहकारी ब्यवस्थापन समिती सदस्य इटहरी वडा नं १ का अध्यक्ष रतन कार्की , कार्यपालीका सदस्य भिमा तुम्वाहाम्फे , नगर सहकारी समिति सदस्य विमला प्रधान लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved