इटहरी / राष्ट्रिय वाणिज्य बैंक इटहरी शाखाले ५८ औँ वार्षिकोत्सव केक काटेर मनाएको छ । इटहरी स्थित कार्यालयमा इटहरी शाखा प्रमुख बरुण कुमार कर्णले केक काटेर वार्षिकोत्सव मनाएको हो ।
बैंकका शाखा प्रमुख कर्णले सर्वसाधारण प्रति बैंकिङ्ग सचेतना गर्ने उद्धेश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै अगाडी बढ्ने बताए । हामि जनतालाई सहज रुपमा सेवा दिने प्रयत्न गर्ने छौ शाखा प्रमुख कर्ण भन्छन ।
माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गर्दैछ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । देशभरका शाखा कार्यालय प्रादेशिक कार्यालय र केन्द्रिय कार्यालयहरुमा बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved