बानेश्वरस्थित संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिर निस्केलगत्तै आत्मदाह गरेका हुन् ।
उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved