विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरिएको विषयको छानबिनका क्रममा चिकित्सक निर्दोष रहेको प्रतिवेदन छानविन समितिले बुझाएको छ ।
प्रतिवेदनमा श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि कोशीको आकस्मिक कक्षमा भर्ना गरिएकी शिशुको स्वास्थ्य अवस्था पहिलेदेखि नै नाजुक रहेको उल्लेख छ। अस्पताल ल्याउँदा शिशुको शरीर चिसो भइसकेको र भर्ना गर्दा पल्स अक्सिमिटरमा अक्सिजनको लेभलसमेत रेकर्ड नभएको उल्लेख त ।
त्यसैका आधारमा स्वास्थ्यकर्मीहरूले ‘बच्चा त छैन जस्तो छ’ मात्र भनेका थिए । भन्न नपाउँदै अभिभावकले हतारहतार शिशुलाई अस्पतालबाट निकालेर लगेको चिकित्सकहरुको जिकिर छ ।
दाह संस्कारका लागि घर लगेपछि शिशु जीवितै रहेको थाहा पाएका उनीहरूले थप उपचारका लागि शिशुलाई गोल्डेन अस्पताल भर्ना गरेका थिए। त्यहाँ पनि शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मृगौलाले काम नगरेको तथा इन्फेक्सन लगायतका समस्याहरू देखिएको थियो ।
उपचारको क्रममा इन्फेक्सन बढेर औषधिले काम गर्न छोडेपछि माघ १० गते बिहान करिब १० बजे शिशुको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved