माइतीघरमा रवि लामिछाने समर्थकको प्रदर्शन

  • प्रकाशित मितिः माघ १४, २०७९
  • २०० पटक पढिएको
  • सञ्चारपाटी
alt

 संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् ।

रवि नेपाली नागरिक नरहेको भनेर सर्वोच्चले गरेको फैसलाको भोलिपल्ट उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

समर्थकहरूले सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । यसक्रममा उनीहरूले ‘सर्वोच्चको विभेदकारी फैसला खारेज गर’, ‘न्यायाधीश बिक्न पाइँदैन’लगायत नारा लगाइरहेका छन् ।

सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेको नागरिकताविरुद्ध परेको मुद्दामा फैसला गर्दै लामिछाने नेपाली नागरिक नरहेको ठहर सुनाएको थियो । अदालतको फैसलासँगै चार पद उपप्रधान तथा गृह, सांसद, पार्टी सभापति, पार्टी सदस्यबाट उनी पदच्यूत भएका थिए । अदालतको आदेशपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले यसको स्वागत गरे पनि समर्थकले फैसलाविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved