भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

  • प्रकाशित मितिः माघ १४, २०७९
  • १२० पटक पढिएको
  • सञ्चारपाटी
alt

भारतीय वायुसेनाका दुईवटा लडाकु विमान सुखोई-३० र मिराज–२००० शनिबार मध्ये प्रदेशको मोरेनाको पहाडगढ क्षेत्रमा दुर्घटनाग्रस्त भएका छन् ।

मोरेनाका अतिरिक्त प्रहरी उपरीक्षक राईसिंह नरवारियालाई उध्रदत गर्दै भारतीय संचार माध्यमहरुले जनाए अनुसार विमान र त्यसमा रहेका यात्रुको संख्याबारे पुष्टि गर्न वायुसेनाको टोली हाल घटनास्थलमा पुगेको छ ।

प्रहरीका अनुसार हाल विमान नजिकै एउटा हात फेला परेको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुईवटा विमान मध्य प्रदेशको ग्वालियर एयरबेसबाट अभ्यासका निमित्त उडान भरेका थिए ।

घटनाको कारणबारे भने हालसम्म जानकारी प्राप्त भएको छैन । प्राप्त जानकारी अनुसार एसयू-३० मा दुई जना पाइलट थिए भने मिराज २००० मा एक पाइलट थिए। प्रारम्भिक रिपोर्टहरूले दुई पाइलटहरू सकुशल रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved