इटहरी / देशकै नमुना सहकारी मध्येको एक इटहरी स्थित किसान कल्याण बचत ऋण सहकारी संस्थाले इटहरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहिद सप्ताहको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका संचालक प्रेम बहादुर बस्नेतको संयोजकत्वमा संस्थाको कार्यालय बालग्राम चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त रक्तदान कार्यक्रमबाट ९२ पिन्ट रगत संकलन भएको संचालक बस्नेतले जानकारी दिए ।
रक्तदान कार्यक्रममा अन्य सहकारी संस्थाका संचालक कर्मचारी, बचत संघ सुनसरीका पदाधिकारी , विभिन्न क्लब, नेपाल प्रहरी तथा संचारकर्मीहरुकाे समेत उल्लेख्य सहभागीता रहेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
बजारमा रगत अभाव नहाेस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमकाे आयाेजना गरीएकाे अधिकृत बस्नेतले बताए ।
किसान कल्याण बचत ऋण सहकारी संस्थाकाे १९ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् भने , १ अर्व ११ करोडको वासलात र ८ ओटा सेवाकेन्द्रहरू रहेको समेत बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved