दशनामी समाज इटहरीकाे अध्यक्षमा डिल्लीराम गिरी सर्वसम्मत

  • प्रकाशित मितिः माघ १४, २०७९
  • ७३९ पटक पढिएको
  • सञ्चारपाटी
alt

 इटहरी / दशनामी समाज इटहरीकाे अध्यक्षमा डिल्लिराम गिरी (कुमार) चयन भएका छन ।

शनिबार इटहरी ५ स्थित गङ्गा जमुना पार्टी प्यालेसमा सम्पन्न भएकाे दाेस्राे नगर अधिवेशनले सर्व सम्वत रुपमा गिरीकाे नेतृत्वमा १७ सदस्यीय कार्य समिती चयन गरेकाे हाे ।

दशनामी समाजकाे केन्द्रीय उपाध्यक्ष मनिराम गिरीकाे प्रमुख आथित्यमा सम्पन्न भएकाे उक्त कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान तथा बधाई ज्ञापन समेत गरीएकाे थियाे ।

इटहरी वडा नं ५ ,१९  र २० का जनप्रतिनिधिहरु क्रमश  गाेपाल गिरी , ढुण्डीराज गिरी , धर्मा गिरी र धरान वडा नं १५ का जनप्रतिनिधि रङ्गलाल गिरीलाई सम्मान गरीएकाे नवनिर्वाचित अध्यक्ष डिल्लिराम गिरी (कुमार)ले जानकारी दिए ।

यसका साथै इटहरी उपमहानगरपालिकाकाे प्रेस संयाेजकमा नियुक्त भएकाेमा धनबहादुर पुरी र एमफिल पढाइ पूरा गरेकाेमा जनता बहुमुखी क्याम्पस इटहरीका साहायक प्राध्यापक गाेविन्द पुरीलाई बधाई ज्ञापन गरीएकाे समेत अध्यक्ष गिरीले जानकारी दिए ।

IMG-20230128-WA0001 IMG-20230128-WA0004

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved