संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु

  • प्रकाशित मितिः माघ १५, २०७९
  • २७२ पटक पढिएको
  • सञ्चारपाटी
alt

संखुवासभा / संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved