इटहरीमा भएको २०६२ /०६३ को जनआन्दोलन सम्झदा

  • प्रकाशित मितिः माघ २०, २०७९
  • २९७ पटक पढिएको
  • रमेश कुमार पोखरेल
alt

रमेश कुमार पोखरेल

इटहरी / देश राजदरबार हत्या काण्ड पछि अनिर्णयको बन्दी सरह भयो । जनताको मनमा बनाइएका राजाप्रती सन्देह शंका रहिरहेको अवस्थामा पुर्व राजा ज्ञानेन्द्रको शासन सत्ताको बाग्डोर आफ्नो हातमा लिने कुत्सित मनसायका कारण शाही कु को सिकार भएर मुलुक निरंकुशता तर्फ धकेलियो।

राजदरबार हत्याकाण्ड पस्चात को अवस्था,सुरुका दिनमा आन्दोलनले गति लिन सकेन ,१२-१४ जनाको मसाल जुलुस नि गरियो।२०-२५ जनाले चोकमा पुत्ला पनि जलाइयो।बिस्तारै आन्दोलनले गति लियो।आन्दोलन दबाउन गरिएका प्रयत्नहरु झन सरकारकालागी प्रत्युत्पादक भए।

तत्कालिन मन्त्री हरु कमल थापा,टंक ढकाल ,कृतिनिधी बिस्ट हरुको आन्दोलन दबाउने रणनीति असफल भयो।इटहरीमा अन्य छिटपुट आन्दोलनको तुलनामा २०६२ माघ ११ गतेको मसाल जुलुस अत्यन्तै सफल भयो।काङ्ग्रेस ,एमाले तत्कालीन मसालको चारै तर्फ बाट आएको र्यालीले इटहरी चोक भरियो।

साझको समय अनगिन्ती आन्दोलनकारी अनि मसालको ज्वालाले चोक नै आन्दोलन चोक जस्तै भयो।इटहरी ५ का धनपती गड्तौला शसस्त्रको टोलिद्वारा पक्राउ पर्नु भयो।आन्दोलन झन चर्कियो।पक्राउ पर्ने क्रम भोलि पल्ट देखि झन तिब्र भयो।

प्रदेश न १ माननीय मिना श्रेष्ठ ,इटहरीका वर्तमान मेयर हेमकर्ण पौडेल,धरानको निवर्तमान उपमेयर मन्जु भण्डारी, इटहरीको निवर्तमान उपमेयर लक्ष्मि गौतम , म,स्व नारायण ब श्रेष्ठ ,केवल फुएल,समीर भट्टराई ,ऋषिराज नेपाल ,नवराज नेपाल ,याम सुब्बा,मिथिला पोखरेल, रुक्मिणी कोइराला,राधा भट्टराई ,मणिन्द्र भट्टराई , बिनोद तृताल, बिकास तृताल, युवराज घिमिरे ,बद्री प्रसाद कोइराला , लगायत पक्राउ पर्यौ ।सबैलाइ शसस्त्र प्रहरी बल पकलिमा राखियो।

आन्दोलन झन चर्कियो । त्यहिदिन इनरुवा बाट इनरुवाका निवर्तमान मेयर राजन मेहेता,डम्बरुबल्लभ खतिवडा,सुनिल शाह ,मनोज यादब लगायत साथिहरु पनि ल्याइयो। २ दिन पछि इटहरी बाट नेपाली काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल,स्व सुर्य बस्नेत ,महेस बास्तोला , गुणानन्द चौधरी लगायतलाई पनि पक्रेर ल्यायो।धरान बाट पनि पक्राउ परेका आन्दोलनकारीहरु ल्याइए ।

यो मार्ने मर्ने,शसस्त्र आन्दोलन थिएन तथापि हाम्रा धेरै साथीहरू आन्दोलनमा घाइते भै रहनु भएको थियो। विभिन्न ठाउमा गोलि चलेर ,सरकारको निर्मम दमनका कारण केही साथिहरुले सहादत प्राप्त गर्नु भएको थियो। तथापि आन्दोलन चर्किरह्यो। हामिलाइ १३ दिन राखेपछी सुनसरी बारका कानुन ब्यबसायी हरुले बन्दी प्रत्यक्षिकरण का लागि सुनसरी जिल्ला अदालतमा निवेदन दिए पछि हामी छुट्यौ।

हामी सङ्गै वर्तमान प्रदेश साम्सद रेवती भण्डारी ,नेपाली काङ्ग्रेस सुनसरीका पुर्व सभापति रामबहादुर बस्नेत , सडक कविता वाचन गर्दा ल्याइएका कृष्ण बिनोद लम्साल,बद्री विशाल पोखरेल ,कृष्ण अधिकारी लगायत नि छुट्नु भयो।त्यसपछी झन आन्दोलन चर्काइयो।

आखिर निरंकुशता ढल्यो ।तर निरंकुशताका पृष्ठ पोषक कमल थापा लगायत ढलेनन । आज पनि सम्झन्छु, तरहरा,आपगाछी , ठडिया,गक्षा,खनार ,सोनापुर ,पचरुखी, पकली ,लविपुर,कान्छीचोक , झुम्काका साथिहरु आएर इटहरीको आन्दोलनलाइ थप बल प्रदान गर्नुभएको थियो।आज सबै घाइते साथिहरुको नाम त मलाइ कण्ठ छैन तथापी उहाहरुको साथ सहयोग सर्हानिय छ।

नागरिक समाज,सामाजिक संघ सन्स्था ,शिक्षक/प्राध्यापक /मजदुर /ब्यापारी को योगदान अतुलनिय छ।त्यसैगरी पत्रकार मित्र हरु प्रशासनको दुर्ब्यबहारको पटक पटक सिकार हुदा नि निरन्तरत लागिरहनु भयो।बेदराज पौडेल, स्व.याम प्रधान ,सन्तोष यादब,सुमन पुरी, सोम बास्तोला ,कृष्ण भट्टराई ,लगायत सबै प्रती आभार ब्यक्त गर्दछु।तत्कालीन जनअन्दोलन परिचालन समितिको कमाण्डर अम्बर ब गौली,सहसम्योजक याम सुब्बा,तिर्थराज पराजुली , दिपक गौतम , मोहन तिम्सिना लगायत प्रतिपनि आभारी छु।

आज इटहरीको पहिचान बनेको छ।आन्दोलन गर्दाका सोच अनुरुपका सम्पुर्ण उपलब्धी नभएतापनी परिवर्तन संस्थागत भएको छ।संविधान जनताको बनेको छ, रास्ट्रपति जनताको छोराछोरी बन्नु भएको छ।

जननिर्वाचित स्थानीय निकाय बनेको छ, प्रदेस तथा प्रतिनिधि सभाका साम्सद हरु जनताद्वारा निर्वाचित हुनुभएको छ।अब मुलुक विकाश र समृद्धिको पथमा अघि बढ्न तम्तयार छ।सबैले इमान्दारी पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरौ देश आफै समृद्ध बन्छ।मुलुकको यो उपलब्धिमा प्रत्यक्ष भुमिका रहेका नेपाली काङ्ग्रेस ,एमाले र नेकपा माओवादी एक भएर अगडी बढ्न सके आन्दोलनको मर्म र भावना जिवित रहन सक्थ्यो । अब आफू बन्ने हैन देश बनाउने पथमा बढ्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved