फेदाप गाउँपालिकाका वडाको योजना : काकाकुल क्षेत्रमा ट्यांकी वितरण

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७९
  • १४२ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिकाका सर्बसाधारणलाई ट्यांकी बितरण गरिएको छ। फेदाप गाउँपालिका वडा नम्बर ५  इसिबुमा निशुल्क खानेपानीको ट्यांकी बितरण गरिएको हो ।
चालु आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमबाट निशुल्क खानेपानीको ट्यांकी बितरण गरिएको गाउँपालिकाले जनाएको छ। वडाले छुट्याएको एक लाख बजेटबाट वडाका नागरिकलाई निःशुल्क ट्यांकी  बितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले जानकारी दिए ।
फेदाप गाउँपालिका वडा नम्बर ५ स्थित सुख्खा क्षेत्रका १८ घर परिवारलाई निशुल्क प्लाष्टिकको ट्यांकी बितरण गरिएको तिमल्सिनाले बताए । उनले ५ सय लिटरका १८ वटा ट्यांकी बितरण गरिएको जानकारी दिए ।
सुख्खा क्षेत्रका नागरिकलाई खानेपानी जोहो गरि आबस्यकता अनुसार प्रयोग गर्न सहयोग पुगोस भनेर खानेपानी ट्यांकी (प्लाष्टिक ड्रम) बितरण गरिएको उनको भनााई छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved