विराटनगरमा तीन दिने नेपाल–भारत साहित्य महोत्सव हुँदै

  • प्रकाशित मितिः चैत्र १, २०७९
  • १२२ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । विराटनगरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ। यही चैत ३ गतेदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको हो ।
विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकाडेमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । साहित्य महोत्सव आयोजना गर्ने बारेमा विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ सय र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहने आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवमा ‘नेपाल–भारत साहित्यिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्व’, विराटनगरको ऐतिहासिक महत्व तथा महाभारतकालदेखिको सम्बन्ध’, बहुभाषी कवि सम्मेलन हुने भएको छ । त्यस्तै साहित्यिक÷सामाजिक परिचर्चा, पर्यावरण विमर्शका साथै गजल, जारु वाचनसमेत हुने मेरुठ अकाडेमीका अध्यक्ष डा. विजय पण्डितले जानकारी दिए ।
सात वटै प्रदेशबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक समितिका संयोजक देवी पन्थीले बताए । पत्रकार सम्मेलनमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सार्क कल्चरल नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारी, मीनकुमार नवोदितलगायतले साहित्य महोत्सवले नेपाल र भारतको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने विचार राखेका थिए । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ । यसअघि मेरठ अकाडेमीले वीरगञ्ज र काठमाडौंमा नेपाल–भारत साहित्य महोत्सव गरेको थियो । विराटनगरमा गरिने महोत्सव सातौं भएको पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved