खस्किँदो रिजल्टलाई बढाएर लैजानका लागि हाम्रो नेतृत्व आवश्यक छ : सहदेव काफ्ले

  • प्रकाशित मितिः चैत्र २, २०७९
  • ११२ पटक पढिएको
  • नवीन दाहाल 
alt

इटहरी । आसन्न चैत ५ गते हुन गइरहेको स्ववियु चुनावमा जनता बहुमुखी क्याम्पस इटहरीमा नेपाल विद्यार्थी सघं र समाजवादी विद्यार्थी युनियनको तर्फबाट संयुक्त रूपमा सभापतिको उम्मेदवार छन् सहदेव काफ्ले । 
 
जनता बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकाले समुदायका विभिन्न गतिविधीहरु सग जोड्ने उनको लक्ष्य छ उनको । जनता बहुमुखी क्याम्पसलाई शैक्षिक उन्नयनको भूमिका रूपमा स्थापित गर्ने, विद्यार्थीहरू सँगै हातेमालो गरेर जाने , सँगै रमाउने अभिलासाका साथ उम्मेदवारी दिएको उनको दाबी छ । काफ्लेलाई सञ्चार पाटीले  तपाईँको प्यानललाई नै भोट किन ? भनेर सोधेका छौ :
हाम्रो प्यानलबाट उठ्नु भएका हरेक उम्मेद्वारहरु अब्बल हुनुहुन्छ । हाम्रो प्यानलका साथीहरूको इतिहास र आजका क्रियाकलापहरूलाई हेर्दा पनि अरूका उम्मेद्वारहरु भन्दा हाम्रा उम्मेद्वारहरु व्यक्तिगत , शैक्षिक, नेतृत्वमा परी पक्क र आम विद्यार्थीमाझ भिजेका उम्मेद्वारहरु हामीले चयन गरेका छौ । 
 
साथसाथै भौगोलिक रूपमा, साम्प्रदायिक रूपमा, जातीय रूपमा सबै हिसाबले समेटेर स्ववियु सबैको साझा थलो हो भन्ने हिसाबले हामीले उम्मेद्वारहरु खडा गरेका कारणले गर्दा हाम्रो प्यानलका उम्मेद्वारहरुलाई भोट हाल्न अपिल गर्न चाहन्छु । 
 
जनता बहुमुखी क्याम्पसमा सुधार गर्नु पर्ने कुराहरू के के देख्नु भएको छ ? 
 
जनता बहुमुखी क्याम्पसमा पहिलो त शैक्षिक वातावरण, यहाँ शैक्षिक वातावरण राम्रो छैन । नियमित रूपमा अध्ययन अध्यापन, पुस्तकालय राम्रो हुँदा हुँदै पनि यसको व्यवस्थापन हुन सकेको छैन । प्रशासनिक गतिविधिमा ढिलासुस्ती, प्रविधि मैत्री विश्व अगाडि बढी रहेको अवस्थामा जनता बहुमुखी क्याम्पसलाई पनि प्रविधि मैत्री बनाउनु छ । 
 
आजको अवस्थामा प्रविधिको प्रयोगमा पेपरलेस क्याम्पस बनाउनु पर्ने तथा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक सेट पुस्तक पाउने र अर्को वर्ष लागेसँगै त्यो फिर्ता गर्नुपर्ने व्यवस्था गर्ने छ । 
 
साथै जनता बहुमुखी क्याम्पस इटहरीमा नेपाल विद्यार्थी सङ्घले खडा गरेको अक्षयकोषलाई बढाएर लैजाने, अक्षयकोष र छात्रवृत्तिहरू बढाउँदै लैजाने जसरी क्याम्पसमा विद्यार्थीको सख्या बढेको छ । 
 
त्यसरी नै क्याम्पसको खस्किँदो रिजल्टलाई बढाएर लैजानका लागि हाम्रो नेतृत्व आवश्यक छ । सिकिसकेको कुरा व्यवहारिक रूपमा बढाएर लैजाने र स्थानीय प्रदेश केन्द्रीय तिनै वटा सरकार सँग समन्वय गरेर हामी अगाडि बढ्ने छौ ।
 
स्ववियु चुनाव जितेपछि के के गर्नुहुन्छ ? 
 
स्ववियु चुनाव जितिसकेपछि कक्षा व्यवस्थापन, हरेक कक्षा ब्यबस्थापको रेकर्ड, कोर्स नसकिने कोर्स नसकिई किन कोर्स सकियो भनेर पढाउन छाड्ने, नियमित कक्षा सञ्चालन नहुने समस्या छ । हामी हरेक कक्षाको अडियो भिडियो रेकर्ड राख्ने प्रविधिको प्रयोग गरेर नियमित कक्षा नहुने समस्याहरूलाई समाधान गर्नेछौ । 
 
पूर्वी पहाडी जिल्लाहरूबाट क्याम्पसका पढ्न आएका बिद्यार्थीहरुले महँगोमा कोठा भाडा तिरेर पढ्नु परेको छ, त्यस कारण छात्र वासको व्यवस्था, इ–लाइब्रेरी , बिद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन भूमिका हामीले  खेल्नेछौ । 
 
जनता क्याम्पस खोज अनुसन्धानको पनि केन्द्र हो भन्ने बनाउने र प्रविधि कुरालाई अलि बढी विशेष जोड दिँदै जनता बहुमुखी क्याम्पस पढ्ने बिद्याथीहरुलाई व्यवहारिक ज्ञान पनि दिने योजना छ । 
 
यहाँहरू विद्यार्थीको समस्या समाधान गर्न भन्दा पनि राजनीतिक दलको झन्डा बोक्नु हुन्छ किन ? 
 
तपाईँले गर्नुभएको कुरा एकदमै स्वाभाविक हो हामी राजनीतिक दलको भातृसंगठन भएता पनि जनता बहुमुखी क्याम्पस भित्र पार्टीको झन्डा बोकेका छैनौ विद्यार्थी सङ्गठनको झन्डा भने पक्कै बोकेका छौ किन भने हामीले विद्यार्थी सङ्गठनहरूको नेतृत्व गरी रहेका छौ । 
 
झन्डा कुनको बोक्यौ भन्ने कुराले प्रभाव पार्दैन झन्डा बोकेर के गर्याै भन्ने कुराले प्रभाव पार्छ त्यस कारण हामीले कुन झन्डा बोक्यौ भन्नू भन्दा पनि झन्डा बोकेर गलत गरेका छौ कि सही गरेका छौ हेर्नू पर्छ । 
 
मैले नेवि सङ्घको झन्डा बोकेर पनि कसैलाई काखा पाखा नगरी अरू सङ्गठनका व्यक्तिहरूलाई असर नगर्ने गरी विद्यार्थीको हितमा लागेको जानकारी गराउन चाहन्छु ।
 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved