नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष प्रहरी नियन्त्रणमा 

  • प्रकाशित मितिः चैत्र २, २०७९
  • ६६ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै कोशी प्रदेश सभा भवन अगाडि पुगेका नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
प्रदेश सभा सचिवालय अगाडि आयोजना गरिएको ’पहिचानका लागि सडक साहित्यिक यात्रा’ नाम विरोध कार्यक्रमबाट प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो । उनीसँगै सञ्जय याक्खा पनि प्रहरी नियन्त्रणमा छन् । 
 
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका पत्रकार पहिचानको आन्दोलनमा सहभागी हुँदै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved