विराटनगर । साबिक विजेता प्रतिभा फुटबल क्लब गोल बजार सिराहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले निराश बनाउँदै सिराहा फाइनलमा पुगेको हो ।
जितसँगै सरिहाले शनिवार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिराहालाई फाइनल पु¥याउन अब्दुल, बिनु आले मगर र सिद्धान्त लामाले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरु भएको १५ औँ मिनेटमा सिराहाका अब्दुलाले डिबक्सभित्रको वान टच बल बाहिरियो । गाईघाटका दीपक मगरले २५ यार्डनजिकबाट ३९ औँ मिनेटमा गरेको प्रहार बाहिरा सेमिफाइनलबाट घर फर्किनु¥यो ।
दोस्रो हाफदेखि सरिहाले आक्रामक खेल पस्कियो । ४४ औँ मिनेटमा सिराहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाए । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गरेका थिए ।
६२ औँ मिनेटमा बिनु मगरले उत्कृष्ट फिनिसिङ गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका थिए । ६४ औँ मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर भने उपयोग गर्न सकेनन् । उनले सिद्धान्तको क्रसमा गरेको हेडरमा उदयपुरका किपर शेर्पाले उत्कृष्ट बचाउ गरे ।
खेलको ७४ औँ मिनेटमा सिद्धान्त लामाले गोल गरी ३–० ले टिमको जित सुनिश्चित गरे । बिनु आले मगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गरेका थिए ।
खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । दीपक मगरको फ्रि किकमा ७५ औँ मिनेटमा पोस्टनजिक दीपकले बल छुन सकेको भए सान्त्वना गोल फर्काउने थिए । त्यसअघि सिराहाका अब्दुलले अग्रता बढाउने मौका गुमाइसकेका थिए । गाई घाटका दीपक मगरले ७२ औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट हानेको बलमा भने सिराहाका गोलकिपर निश्चल मोक्तानले राम्रो बचाउ गरेका थिए ।
पछि परेको गाई घाटले खेलमा फर्किन अनेकौँ प्रयास गर्दा ७९ औँ मिनेटमा दीपकले गरेको प्रहार बाहिरियो । दीपकले यसअघि बारम्बार पाएको गोल गर्ने अवसर चुकाएका थिए । खेलको म्यान अफ द म्याच सिराहाका बिनु आले मगर घोषित भएका छन्