बेलबारीमा पत्नीको हत्या गर्ने पति पक्राउ

  • प्रकाशित मितिः चैत्र ३, २०७९
  • ८३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / मोरङको बेलबारी नगरपालिका-१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउमा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी मारी फरार भएका थिए ।
 
श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो पथरी शनिश्चरे नगरपालिका-१० स्थित बसपार्कबाट पक्राउ गरेको हो ।
 
पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved