दुहबीबाट चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

  • प्रकाशित मितिः चैत्र ३, २०७९
  • ८४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / सुनसरीको दुहबी नगरपालिका-१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका-२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका-३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन ।
हिजो राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
 
चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved