गर्मीयाममा दहीको सेवन गर्न नरुचाउने सायदै कोहि होला । दही स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिन्छ ।
दहीमा विभिन्न किसिमका पोषक तत्व जस्तै क्याल्शियम, भिटामिन बी–२, भिटामिन बी १२, पोटाशियम र म्याग्नीशियम पर्याप्त मात्रामा पाइन्छ ।
दिनहुँ एक कप दहीको सेवन गर्नु स्वास्थ्यको साथै छालाका लागि पनि फाइदाजनक हुन्छ । यी सम्पूर्ण फायदा हुँदा–हुँदै पनि दही खानुका केहि साइड इफेक्ट पनि छन् । दिनहुँ दही सेवनका केहि साइड इफेक्टस निम्न प्रकार छन् ।
दिनहु दही सेवनका वेफाइदा
यदि तपाईँको पाचन प्रणाली कमजोर छ भने दिनहुँ दही सेवन गर्नु हुँदैन । पाचन प्रणाली सहीसंग काम नगर्ने समस्या भएकाले दही सेवन गर्दा कब्जियतको समस्याको सामना गर्नु पर्छ । यस्तो समस्या त्यसबेला हुन्छ, जब दिनहुँ एक कपभन्दा बढी दहीको सेवन हुन्छ । तर यदि तपाईँ दिनहु एक कप मात्र दही सेवन गर्नु हुन्छ भने त्यसले नोक्सान पुर्याउँदैन ।
बढी मात्रामा दही सेवनका हानी
पेट फुल्छ
दहीमा ल्याक्टोज पाइन्छ । जुन मानिसमा ल्याक्टोज इन्टोलरेन्सको समस्या हुन्छ त्यस्ता व्यक्तिलाई दही सेवनले पेट फुल्ने समस्या हुन्छ ।
वजन बढ्छ
दहीमा फ्याटको मात्रा अत्यधिक हुन्छ । त्यसैले दहीको अत्यधिक सेवन गर्नाले वजन पनि बढ्न सक्छ । यदि तपाईँ पसलबाट दही किन्दै हुनु हुन्छ भने दहीमा भएको लेवल पढ्नु पर्छ । फ्याट र क्यालोरी भएको दही भन्दा प्रोटीनयुक्त दही लिनु पर्छ ।
घुँडा सम्बन्धि समस्या
डेयरी प्रोडक्टहरुमध्ये विशेष रुपमा दहीमा सेचुरेटेड फ्याट र एडभान्स ग्लाइकेशनको मात्रा अत्यधिक पाइन्छ । दही सेवन गर्नाले हड्डीको घनत्व कम हुन थाल्छ, जसले घुँडा दुख्ने समस्या झन बढ्न सक्छ । त्यसैले अर्थराइटिसका विरामीले दहीको सेवन कम मात्रामा गर्नु पर्छ । दही सेवनले दुखाई अझ बढाउँछ ।
आयुर्वेदको भनाई
आयुर्वेदका अनुसार जाडो मौसममा दही सेवन गर्नु हुँदैन । दहीमा चिसो गुण हुने भएकाले यसको सेवन गर्नाले रुघाखोकिको समस्या उत्पन्न हुन्छ । दहीबाट कफको समस्या बढ्छ । त्यसैले दम, साइनस कन्जेशन अथवा रुघा खोकि जस्तो सास सम्बन्धि समस्या भएकाको समस्या झन बढाउँछ । दहीको सेवनले शरीर सुनिने समस्यालाई पनि बढाउँछ ।
विशेषज्ञका अनुसार दही खाने सबैभन्दा राम्रो समय भनेको दिउँसो हो । यसबाहेक दहीमा अन्य कुरा मिसाएर खानुभन्दा दही मात्र खानु उपयुक्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved