सुनसरी- नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु बहिस्कार गरेपछी इटहरी उपमहानगरपालिकाको १२ औ नगरसभा अनिश्चितकालको लागि स्थगित भएको छ । नगरसभामा उपस्थित हुन हाजिर गरिसकेपछी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टिको ह्वीप आएको भन्दै आकस्मीकरुपमा नगरसभा बहिस्कार गरेका थिए । सभा सुरु हुनै लाग्दा एमाले सुनसरीका जिल्ला तथा केन्द्रियस्तरका नेताहरुले फोन गरेर नगरसभा बहिस्कार गर्न ह्विप जारी गरेपछी बैठक अवरुद्ध हुन पुगेको थियो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले छुट्टै भेला गरेर नगरसभा बहिस्कार गर्ने तयारी गरेपछी सभाध्यक्ष एवंम नगरप्रमुख हेमकणर् पौडेलले बैठक अनिश्चितकालको लागि स्थगित गरेको घोषणा गरे । आजको नगरसभामा बिभिन्न ५ वटा बिधेयक पारित गर्ने कार्यसूची थियो । ती बिधेयक मध्ये कर्मचारीले मासिक रुपमा पाउदै आएको कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने सम्बन्धी बिधेयक पारित गर्ने कार्यसुचीलाई लिएर नगरसभा बहिष्कार गरेको श्रोतको भनाई छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निणर्य गत २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले निणर्य गरेको थियो ।
उपमहानगरपालिकामा ४ सय ७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको थियो । इन्धन सुविधा कटौती गर्दा वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने सुबिधा कटौटी गर्ने निणर्य भएको थियो । उपमहानगरमा कार्यरत अधिकांश कर्मचारी एमाले निकट रहेकाले नगरसभा बहिष्कार गर्न पार्टी नेतृत्वबाट दबाब आएको एक जनप्रतिनिधिले बताए । दिउसो १ बजेका लागि निर्धारित नगरसभा एमालेका जनप्रतिनिधिसंग सहमतीका लागि भन्दै छलफल लम्बिएको थियो । छलफलबाट नगरसभा सञ्चालन गर्ने सहमती भएपनि बहिष्कार गर्ने आकश्मिक तयारी भएपछी सांझ ७ बजे अनिश्चितकालको लागि स्थगन भएको घोषणा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved