सुनसरी-आजबाट १३ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटलब प्रतियोगिता हुदैछ । इटहरीको सवैभन्दा पुरानो राष्ट्रिय जागृति क्लवको आयोजनामा हुने गोल्डकप एकसातासम्म चल्ने आयोजकले जनाएको छ । इटहरी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा साबिक बिजेता सगरमाथा क्लब मोरंग र एभिनियर फुटबल क्लब क्यामरुन बिच खेल हुनेछ । खेल दिउसो ३ बजे इटहरी रंगशालामा सुरु हुनेछ । ८ टिम सहभागी गोल्डकप बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिने छ । बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन । प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई प्रतिम्याच नगद २० हजार तयारी खर्च समेत उपलब्ध गराइने बताइएको छ । सहभागी प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भक्ता उपलब्ध गराइने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा बिभागीय टिम त्रिभुवन आर्मी क्लब, चर्ज ब्वाईज, मछिन्द्र क्लब, एभिनियर फुटबल क्लब क्यामरुन, रोलिङ क्लब झापा, डिफेण्डिङ च्याम्पियन सगरमाथा क्लब मोरङ, कञ्चनजंगा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागीता रहने छ । क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले ११ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आगामी बर्षदेखी प्रथम पुरस्कार बापतको रकम १० लाख र द्धितिय पुरस्कार ५ लाख रुपैया नगरपालिकाले नै सहयोग गर्ने आश्वाशन दिएको प्रतियोगिता संयोजक अनुरोध थापाले बताए । प्रतियोगिताको लागि खेलकुद बिकास बोर्ड कोशी प्रदेशले १४ लाख र राष्टिय खेलकुद परिषदले १० लाख रुपैयाँ सहयोग गरेका छन । प्रतियोगितालाई कन्ट्रोल लुब्रीकेन्टले प्रायोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved