एभेनियरलाई हराउँदै डिफेन्डिङ च्याम्पियन सगरमाथा इटहरी गोल्डकपको सेमीफाइनलमा

  • प्रकाशित मितिः चैत्र ४, २०७९
  • ९४ पटक पढिएको
  • सञ्चारपाटी
alt


सुनसरी- डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार जारी प्रतियोगिताको उद्धघाटन खेलमा पाहुना टोली एभेनियर एफसी क्यामरुनलाई टाइब्रेकरमा हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निणर्यका लागि टाइब्रेकर रोजिएको थियो । .सगरमाथाका ४ प्रहार गोलमा परिणत हुँदा एभेनियरका ३ प्रहारले मात्र जाली चुम्न सफल रहयो । कप्तान यानिक ओवना, साङ्गु र जीओन गिनीको प्रहार गोलमा परिणत भएपनि जोइ एल्डोको प्रहार सगरमाथाका गोलरक्षक च्याङ थेबले बचाए । साबा अलीको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो । सगरमाथाका         अविशेक राई, राजिव लोप्चन, अविशेक लिम्बु र मेसुकेले गोल गरे ।


सगरमाथा अधिकाँश नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका खेलाडी सहित मैदानमा उत्रिएको थियो । एभेनियर जारी सिजनमा बुढासुब्बा गोल्डकप र बर्दिबास गोल्डकप बिजेता टोली एभेनियरले निक्कै दबाब सृजना गरेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु पर्यो ।

     
खेलको २७ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा यानिक ओवना गोल गर्न चुके । ३६ औ मिनेटमा साबा अलीको क्रसमा यानिकको प्रहारलाई सगरमाथाका अविशेक राईले क्लियर गरे । दोश्रो हाफको चौथो मिनेटमा एभेनियरका खेलाडी जीओन गिनीले बल नियन्त्रण गर्न नसक्दा पाएको अवसरलाई शक्ति राईले सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् । इन्जुरी समयमा पहिलो रोजाईका गोलरक्षक देव लिम्बु घाइते भएपछि च्याङ मैदान प्रवेश गरेका थिए । उनले टाइब्रेकरमा महत्वपुणर् प्रहार बचाउँदै टिमलाई सेमीफाइनल पुर्‍याए । खेलको म्यान अफ दि म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार प्राप्त गरे । आइतबारको दोश्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबले चर्च ब्वाइज क्लब काठमाण्डौसंग प्रतिस्पर्धा गर्नेछ ।

    सगरमाथाका प्रशिक्षक याम गुरुङले मैदानको अनुभव नभएका कारण सन्तोषजनक खेल नभएको बताए । भाग्यले साथ दिएको बताउदै उनले आगामी खेलमा उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरे । एभेनियरका प्रशिक्षक आशिक थापामगरले पेनाल्टी सुटआउट सम्भावनाको खेल भएकाले पराजय भोगेको बताए । उनले खेलमा कडा टक्कर दिएपनि पेनाल्टी सुटआउटमा पराजय भोग्नुपरेको बताए ।
एक सातासम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिने छ । बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved