गायिका मिलन नेवार र रवि ओडको ’ पहरी फूल २ ’ सार्वजनिक

  • प्रकाशित मितिः चैत्र ४, २०७९
  • ७४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं। गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।

पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताईन। 
प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भटटको  निर्देशनमा भिडियो तयार गरिएको छ । ’ए पहरी फूल  ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved