इटहरीमा यौन धन्दा चलाउँने इन्दिरा पक्राउ

  • प्रकाशित मितिः असार २१, २०७७
  • ६१७१९ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । लामो समय देखि यौन धन्दा गराउँदै आएकी इटहरीकी इन्दिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कलगर्ल प्रयोग गरि यौन धन्दा गराउँदै आएको भन्दै उनलाई पक्राउ प्रहरीले गरि मानव वेचविखानमा मुद्धा दायर गरेको हो ।

इटहरीको रिभर साइड रिर्सोट सञ्चालन गर्दै आएको होटल सञ्चालिका श्रेष्ठलाई पक्राउ गरि मानव वेचविखान मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । भण्डारीले भने युवती बोलाएर यौनधन्दा गराउँदै आएको कारण पक्राउ गरि मुद्धा दायर गरेका हौ ।

प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिइएको थियो । बाँकी अन्य ६ जनालाई हिजो प्रहरीले छोडेको छ ।

पछिल्लो केहि बर्ष यता यौन धन्दा गराउँनेहरु इटहरी क्षेत्रमा निस्कृय रहे पनि लुकीछिपी यौनधन्दा भईरहेको भन्दै प्रहरीले सक्रियता बढाएको छ । केहि बर्ष अगाडी सम्म यौनधन्दाले बदनाम इटहरी अहिले सुध्रदै गए पनि वेला बखत यौनधन्दाको छिटपुट घट्ना आईरहन्छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved