मलाई यस कारण काँग्रेस भित्रको गुट मन परेन

  • प्रकाशित मितिः श्रावण २२, २०७७
  • ४२१ पटक पढिएको
  • सञ्चारपाटी
alt

श्रीमान सभापति ज्यु नेपाली काँग्रेस इटहरी -१ सुनसरी विषय : सक्रिय कार्यकर्ता सम्बन्धमा । उपरोक्त सम्बन्धमा वि.सं २००३ सालदेखी संगठन विस्तार गर्दै आएको काँग्रेस वि.सं २०१७ सालमा दुई तिहाई बहुमत ल्याई ठूलो दलको रुपमा स्थापित भएको थियो । फेरि ३० बर्षे पंचायत शासनकालमा जनता आहत भएर नयाँ शासन व्यवस्थाको खोजीमा २०४७ सालको प्रजातन्त्र उदय भएपश्चात एक माना सरकार बनाउन सफल भयो ।

हामीले २०५१ सालको मध्यावधि २०५६ को चुनाव लगायत सबै चुनाव, सबै आन्दोलन काँग्रेस काँग्रेस भनेर लागि रह्यौ । हामी कार्यकर्ता लेभलका काँग्रेसको कहि कतै कमजोरी रहेन प्रशिक्षणको अभावमा सिद्धान्त र विचार स्खलित हुँदै गयो,मुल्यांकनको अभावमा काँग्रेसलाई मन मस्तिष्कले माया गर्नेहरुलाई पार्टीले रक्षा गरेन । युवा पुस्ताको नाममा स्वार्थी व्यक्तिहरु पार्टी प्रवेश गरे ।पार्टीलाई मागिखाने भाँडो बनाईयो ।

नेतालाई एयरपोर्टमा गाडी लिएर लिन जाने ठुला होटलहरुमा राखेर जाँड रक्सी खुवाउने व्यक्तिहरुलाई पदहरु बाँडियो । हामी जस्तो गाउँका कार्यकर्ता काँग्रेसको स्तुतीगान गाउन जिन्दावाद मुर्दावाद भन्न मात्र उपयोग भयौं । अहिले फेरि काँग्रेसको कृयाशिल नविकरण गर्ने कुरा आएको छ म कुन काँग्रेस भएर कृयाशील नविकरण गरौं ? शेरबहादुर देउवा काँग्रेस भएर कि ? रामचन्द्र पौडेल काँग्रेस भएर कि?कृष्णप्रसाद सिटौला काँग्रेस भएर? के का लागि हामी कृयाशिल भएर काँग्रेसमा लागेका हौ ।

हामीलाई त पुरष्कृत गर्नुपर्ने हो गाउँमा बसेर विपक्षीहरु सँग भिडेर काँग्रेस बचाएका छौं । काँग्रेस पार्टी भएर केन्द्र,प्रदेश,जिल्ला, नगरमा पद प्रतिष्ठा लिने र काँग्रेसलाई अहिले खिईएको अवस्था सम्म ल्याउनेलाई दण्डित गरौं । काङ्ग्रेस को कृयाशिल नवीकरण शुल्क महंगो बनाई काँग्रेसलाई गरिबहरुको पहुँच बाहिर नलगौं ।

काँग्रेस सबैको होस काँग्रेस बचाउ । जनता भित्र बाट काँग्रेस छानौं । नेताका अगाडि पछाडी कुद्नेहरुलाई होइन । मैले दु:ख जिलो गरेर कमाएको पैसाले गरेको नवीकरण गुट उपगुटलाइ मलजल गर्न हैन नेपाली काँग्रेसलाई शसक्त बनाउन हो । म शेरबहादुर देउवा काँग्रेस,रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला काँग्रेस बन्नुपर्ने हो भने मेरो नवीकरण नगरी हाल मैले बुझाएको पैसा र फोटो फिर्ता दिनुहोला । यस विषयमा काँग्रेसमा छलफल गराईयोस ।

गंगा प्रसाद पोखरेल नेपाली काँग्रेस कृयाशिल सदस्य इटहरी १

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved