जनताको प्रश्न गरिबको भाग्यमा भोक मेट्ने अन्न हुँदो रहनेछ है सरकार ?

  • प्रकाशित मितिः भदौ २४, २०७७
  • ४०३ पटक पढिएको
  •  ध्रुव ढकाल
alt

 
 कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण विश्वभर फैलियो । नेपालमा समेत माघ ९ यता एक दुई गर्दै कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम गर्न चैत ११ यता पटक पटक लकडाउन । तर सङ्क्रमण दर घटाउने भन्दै सरकारले जारी गरेको लकडाउने जन अपेक्षित सङ्क्रमण दर घटाउन सकेन ।
 
उल्टै नेपालमा सङ्क्रमित सङ्ख्या ५० हजार नाघेको छ भने मृतक सङ्ख्या ३५० पुगेको छ । मानिसलाई रोगबाट बचाउने भन्दै घरभित्र थुन्ने सरकारले रोगभन्दा ठुलो भोक हो भनेर बुझ्न सकेन । दैनिक रोजीरोटीबाट भोक टार्नेहरूको गुजारा चल्न छाडेको छ । मानिसहरू आत्महत्या गर्न थालेका छन् । गाउगाउँमा सिंहदरबार पुगेको भनिएको बेला फुटपाथ देखि सपिङ कम्प्लेक्स व्यापार गर्नेलाई परेको मर्का सरकारले बुझेन ।
 
शरीर घर बाहिर निस्कन पाए २÷४ पैसा कमाएर पेट भर्ने सपना बोकेकाहरूका गरिबका निम्ति क्षणिक बाँडिएको राहतले सधैँ पेट भर्दैन भन्ने हेक्का सरकारले पाएन । जसले सबै गरिबको भाग्यमा भोक मेट्ने अन्न हुँदो रहनेछ भन्ने पुष्टि भयो । कोरोना सङ्क्रमण र लकडाउनका कारण विपन्न परिवार र मजदुर वर्ग बढी प्रभावित भए । सरकारले पहिलो लकडाउनताका राहत बाँडेजस्तो त । तर सम्बन्धित व्यक्तिले पाएनन् ।
 
बरु राहत वितरणमा अनियमितता भएको र खराब अन्न बाडेको खबरहरू भटाभट सार्वजनिक भए । जसले स्थानीय सरकारले वितरण गरेको राहत निर्विवाद रहन सकेन । खाना नपाएर सुतेकै अवस्थामा मजदुरको निधन भएको घटना बाहिरीरहदाँ लाखौँ नेपालीको घरमा खाद्यान्नको चरम संकट रहेछ भनेर सरकारले बुझेन ।
 
यस्तो नाजुक अवस्थामा राहतको आसमा बाच्नेहरू भोक भोकै मर्ने अवस्थामा आइपुग्दा सरकारले न त राहत दिन सक्यो न त कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने नै । सङ्क्रमण दर नघटेको तर लकडाउन गराउन उद्यत सरकार सामु कोरोनाको महामारीका बेला अनगिन्ती जनताको प्रश्नका चाङ छन् । यदि प्रश्नका चाङबारे सरकारले सुनेछ भने सायद भन्ला, हामीले एक थान लकडाउन । अनि त्यसैलाई पटक पटक नाम परिवर्तन गरेर जनतालाई घरभित्र थुन्यौ ।
 
विभिन्न शीर्षकमा जनताले सरकारलाई तिर्नुपर्ने जरिवाना, बिल, शुल्क र कर उठाउन छाडेनौँ । सयौँ किलोमिटर पैदल हिँडेर घर जानेहरूलाई लकडाउन उल्लङ्घन गरेको भन्यौ । ज्यानकै बाजी थापेर इलम गर्न निस्किएकाहरुलाई हामीले समात्यौ । अत्यावश्यक काममा निस्किएकाहरुलाई होल्डिङ सेन्टरमा राख्यौ । आवश्यक परेको बेला हामीले जनतालाई सरकार छ भनेर महसुस गराउन चाहेनौ ।
 
सरकारले सोच्यो होला ? हामीले यी सबै काम जनताको पक्षमा नै । सरकार मात्र होइन प्रतिपक्षीले समेत जनतालाई चाहिने बेलामा आवश्यकता अनुसारको भूमिका खेल्न सकेन । आलोचनाले सरकारको खैरो खन्ने बाहेक गाउँ गाउँमा राहत बाँड्न सत्ता बाहिरका पार्टी पनि सक्रिय हुन सकेनन् । हुनेखानेले दिनुपर्ने बेलामा गरीबको सेवामा अग्रसर भएनन् । सामाजिक सञ्जालमा भावना पोख्नेहरू असली जीवनमा बाहिर निस्किएनन् ।
 
अझ प्रधानमन्त्री त अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन भनेर भनिरहे । तर प्रधानमन्त्रीको मिठो भाषणले जनताको पेट भरिँदैन भन्ने समेत बुझेनन् । ६ महिनासम्म सरकारको आदेश मानेर बसेका जनता चरम आर्थिक अभावमा बाचिरहेको बेला सरकारले आलोचना गर्नेलाई सरकार विरोधी र सरकार पक्षमा बोल्नेलाई समर्थक बुझ्यो ।
 
आवरणमा गुणगान गाउनेहरूबाट घेरिएको सरकार किन यसरी एउटा सङ्कटको घडीमा खरो उत्रिन सकेन ? यो पुस्ताले बिर्सिए पनि भावी पुस्ताले वर्तमान सरकारलाई भोलि कालो प्रश्न गर्नेछ, सरकार देश महामारीमा रहेको बेला जनताको पक्षमा तिमिले के ? त्यो बेला तिमिले जनतामाथिको दायित्व पुरा ? गुट अनुसार भागबन्डामा मिलाएको मन्त्रालय र तिनका मन्त्रीले के के काम गरे ? यो भविष्यमा वर्तमान सरकालाई सोधिने भूत प्रश्न रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved