उदयपुरमा करेन्ट लागेर एक को मृत्यू

  • प्रकाशित मितिः बैशाख २९, २०७९
  • १८८ पटक पढिएको
  • सञ्चारपाटी
alt

उदयपुर / जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको घटनास्थलमै जलेर ज्यान गएको हो । घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर ज्यान गएको हो ।

घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो ।

हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पुर्व वडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै शब उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए । कार्कीले माटोमा बाँधेको तारमा हावाले झारेको तारले छुएको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved