देशभर २७ हजार ५६९ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ ।
डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा भएको छ । त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, प्रदेश १ मा ८१५, सुदूरपश्चिममा ८२१, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा नौ हजार ४९६ जनामा डेंगु पुष्टि भएको छ ।
ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।
एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved