यदि तपाईलाई पनि उभिँदा चक्कर लाग्छ वा कहिलेकाहीँ एक्कासी बेहोस महसुस हुन्छ तर तपाईले यसको पछाडिको कारण बुझ्नुभएको छैन भने, यो समाचारमा हामी तपाईलाई यस्तो किन हुन्छ र यसले शरीरमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा बताउनेछौं। वास्तवमा, उठ्दा-उठ्दै अचानक चक्कर आउनुको कारण ओर्थोस्टेटिक र पोष्टुरल हाइपोटेन्सनहुन सक्छ जुन ब्लड प्रेसर लोको अवस्था हो। कहिलेकाहीँ यो तपाईंको शरीरको अवस्थामा आएको परिवर्तनले पनि हुन सक्छ। तर, क्लिनिकस्पट होलिस्टिक हेल्थकेयरका मेडिकल हेड डा हरकिरण चेकुरी भन्छन्, “केही सेकेन्डभन्दा बढी समयसम्म चक्कर लाग्नु गम्भीर रोगको संकेत हुनसक्छ। भर्टिगो जो कोहीलाई पनि हुन सक्छ, तर ६५ वर्षभन्दा माथिका मानिसहरूमा यो धेरै सामान्य हुन्छ किनभने उमेरसँगै रक्तनलीहरू कमजोर हुन्छन्। कमजोर रक्तनलीहरू भनेको तपाईंको मस्तिष्कका कोशिकाहरूलाई पर्याप्त मात्रामा अक्सिजन नपाएको हो र यो अवस्थाले चक्कर आउने र बेहोस हुन सक्छ।” यहाँ हामी तपाईलाई उभिएर चक्कर लाग्नुको सात कारण बताउँदैछौं, साथै तपाईलाई कुन अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्छ भन्ने जानकारी दिनेछौं।१. धेरै छिटो उठ्ने २. गर्मी वा निर्जलीकरण अवस्थाहरू ३. रक्सीको सेवन ४. कसरत ५.औषधीहरू ६. पोष्टुरल अर्थोस्टेटिक ट्याचिकार्डिया सिन्ड्रोम ७. स्वास्थ्य अवस्था रक्तचापसँग सम्बन्धित केही अवस्थाहरू जस्तै ग्यास्ट्रोइंटेस्टाइनल (GI) रोग, भित्री कानको रोग र हार्मोनल परिवर्तनहरूले तपाईंलाई उभिँदा चक्कर लाग्न वा बेहोस बनाउन सक्छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved