इटहरी र यही कार्तिक ८ गते मङगलबार खण्डग्रास यूर्यग्रहरण लाग्दै छ । ग्रहण नेपालबाट तलतीर केही काटिएको जस्तो मात्र देखिने खगोलविदले बताएका छन् ।
हिन्दु धर्म अनुसार ग्रहण लाग्दा हाम्रो राशि र नक्षेत्रमा पनि प्रभाव रहने देखिन्छ । त्यसरी हेर्दा कुनै राशि वा कुनै नक्षेत्र भएका व्यक्तिलाई राम्रो प्रभवा हुन्छ भने कुनैलाई नकारात्मक प्रभवा पर्ने ज्योतिष शास्त्रीहरु बताउदै आएका छन् ।
खण्डग्रास यूर्यग्राहणले स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ ।
त्यस्तै, मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग , कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फलको योग रहेको पञ्चङ्ग समितिले जनाएको छ ।
कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ः ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ः २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ ।
बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ः ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved