इटहरी / सिटिजन लाइफ इन्स्यूरेन्सको ५ औं वार्षिक उत्सवको अवसरमा तरहरा शाखाले सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । असोज ३१ गतेदेखि कार्तिक ५ गते सम्म सप्ताह कार्यक्रम गरेको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत इन्स्यूरेन्सले सचेतना र्याली, ब्याटमिन्टन प्रतियोगिता गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि इटहरीका वडा अध्यष मणिराम श्रेष्ठ, विशेष अतिथिमा मेम कुमार राई लगाएको अतिथिको उपस्थिति थियो ।
सप्ताह कार्यक्रमको स्लोगन ‘एक घर एक सिटिजन’ रहेको इन्स्युरेन्सका तरहरा शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिए । ‘बीमा अहिलेको आवश्यकता हो ।’ शाखा प्रमुख श्रेष्ठले भने, ‘कसैको जिवन पनि अमर छैन, आज बीमा गरे भोलि केही भईहाले सजिलो हुन्छ ।’
उक्त सप्ताह कार्यक्रम गर्नुमा सिटिजन लाइफका अजेन्सि म्यनेजर जय खड्का , अक्षे कुमार राई र देब तामाङ को मुख्य भुमिका थियो।
के हो सिटिजन ?
पब्लिक लिमिटेड कम्पनीको रुपमा २०६४ साल आषाढ १२ गते यस सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको हो ।
यस कम्पनीले बीमा ऐन २०४९ बमोजिम मिति २०७४ साल भाद्र ०७ गते बीमा व्यवसायको नियमनकारी निकाय बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्न इजाजत प्राप्त गरी मिति २०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेको छ ।
कम्पनीको देशभर १०० भन्दा बढी शाखा, उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको क्म्पनीको भनाई छ ।
किन गर्ने बीमा ?
बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा वीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ ।
बीमा प्रक्रियामा विमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ ।
भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र विमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।
बिरामी परेको अवस्थामा उपचारका लागि आर्थिक स्थिति कमजोर भएकै कारणले अकालमै मृत्युको शिकार बन्न बाध्य हुन्छन् । जसले केहि हदसम्म उपचार नपाई मर्नु पर्ने स्थितिलाई पर सारेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved