इटहरी / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ ६०-६५ केजी तौल समूहमा स्वर्ण पदक विजेता इटहरी २० तरहराकी कन्याम लिम्बूलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ तरहरा इटहरीले सोमबार (आज) एक कार्यक्रमबीच लिम्बूलाई सम्मान गरेको हो ।उनले नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो ६०-६५ केजीतर्फ स्वर्ण पदक विजेता भएकी थिइन् ।
लायन्स क्लब अफ तरहरा इटहरीका अध्यक्ष मुक्ति घिमिरेका अनुसार खेलाडी गहना नभई गौरब भएको बताए । उनले भने, "तरहरालाई चिनाउन उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरेका हौ, खेलाडी गहना होइन, गौरब हो ।"
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि थिए । उनले तिहार पर्व रङ्गको पर्व रहेकाले खेलाडीको जीवन रङ्गीन हुनुपर्ने शुभकामना दिए ।कार्यक्रममा बोल्दै स्वर्ण पदक विजेता लिम्बूले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता राखेर युवा खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।
कार्यक्रममा लायन्सका एरिया ४ चिफ निर्मला चौधरी, लायन्स तरहराकी पूर्व अध्यक्ष मेनुका गिरी, जोन चियर पर्सन कृष्णप्रसाद घिमिरे लगायतले शुभकामना मंतव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved