इटहरी । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा कांग्रेसका नेता भिम पौडेल नेपाली कांग्रेसको प्रदेश १ कार्यसमिति सदस्यमा मनोनित भएका छन् । पौडेललाई आज प्रदेश–१ का कांग्रेस सभापती उद्धव थापाले मनोनित गरेका हुन् ।
पौडेलले सुनसरीबाट प्रदेश सभाको टिकट पाउने निकै चर्चा चलेको थियो । तर गठबन्धनका कारण पाएनन् । उनले टिकट नपाएसँगै उनलाई पार्टीको प्रदेश कमिटिमा मनोनित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved