नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट विजयी हुने निश्चित भएको छ । शर्माले ३८ हजार ४५८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले २४ हजार ५९३ मत ल्याएका छन् ।
उनीहरू दुवैको मत अन्तर १३ हजार ८६५ रहेको छ । सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको थियो । हालसम्म ७६ हजार ४३७ मत गणना भइसक्दा विश्वप्रकाशले यस्तो अग्रता लिएका हुन् । बाँकी मत सबै खरेलले ल्याउँदा पनि शर्माले जित्ने निश्चित भएको हो ।
मेचीनगर नगरपालिका, ९ झापा स्थायी ठेगाना भएका शर्माको जन्म झापाकै धुराबारीमा २०२७ साल पुस ६ गते भएको हो । स्नातकसम्म अध्ययन गरेका उनी वाकपटुता भएका बौद्धिक नेता मानिन्छन् । २०४१ सालमा नेविसंघको विद्यालय इकाई समितिका सभापति भएका उनी २०४३–०४५ मा मेची क्याम्पस इकाई सभापतिको रुपमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved