विराटनगर / मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मा बाल्टीको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
मोरङ प्रहरीका अनुसार सन्तोष राईका २ वर्षीय छोरा यश राईको बाल्टीमा भरेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो ।
बालकलाई घर नजिकको कलमा प्लाष्टिकको बाल्टीमा भरेर राखिएको पानीमा डुबेको अवस्थामा फेला पारिएको थियो ।
खेल्ने क्रममा डुबेर गम्भीर भएका उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved