इटहरी इन्टरनेसनल कलेजद्वारा २२७ विद्यार्थी दिक्षित

  • प्रकाशित मितिः पुष १, २०७९
  • २९१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।

कलेजले बिहिबार दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्पुटिब तह पुरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दिक्षित भएका थिए ।

दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपलेछात्रवृति उपलब्ध गराएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै उनले भने, ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछू । यसलाइ निरन्तर दिदैँ भने, ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ । दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी भन्छन्,’आजको युगमा बैदेशिक शिक्षा लोकप्रिय बन्दै गएकोछ, त्यसैले हजुरहरु बिदेशिए पनि आफ्नो शिक्षा पुरा गरेर आफ्नf देश र्फिर्कनु होस्र देशको बिकाशमा योगदान पुर्याउनु होस् ।’ यसका साथै, उनले दिक्षित विद्यार्थीहरुको उज्वल भविश्यको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved