काठमाडौं। थ्री स्टार हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार आउँदो सोमबारदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर जारी गर्ने भएको हो। जारी पुँजी ४९ करोड २५ लाख रहेको कम्पनीले २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर जारी गर्ने तयारी छ।
उक्त सेयरमध्य कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभवित क्षेत्र खोटाङ जिल्लाका बासिन्दाका लागि बिक्री गर्ने छ।
यस्तै साधारण सेयरको १० प्रतिशतले हुने ७३ हजार ८७५ कित्ता सेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरिने छ।