इटहरी । इटहरीमा जारी जुत्ता चप्पल व्यपार महोत्सबमा ग्राहकको आकर्षण बढेको छ । सस्तो मुल्यमा जुत्ता चप्पल पाएपछि महोत्सबमा ग्राहकको भिड बढेका हो ।

सुनसरीको रामधुनीबाट महोत्सबमा आएकी लक्ष्मी चौधरीले बजारमा भन्दा सस्तो मुल्यमा जुत्ता किन्न पाएको बताइन् । उनका अनुसार बजारमा रहेको पसलमा भन्दा महोत्सबमा जुत्ता चप्पल सस्तो पाइएको छ । 

 यसरी जुत्ता महोत्सव विराटनग लक्षित मात्र हुने गरेकोमा विराटनगरमा महोत्सब लगाईएकोमा उनले खुसी ब्यक्त गरिन् ।  इटहरीकी शर्मिला थापाले भने महोत्सवमा २ हजार  रुपैयाँ पर्ने जुत्ता १ हजारमै पाएको बताइन् । 

यस्ता मेला महोत्सवले हामी जस्ता ग्राहकको पैसा बचत गरेको छ । उनले,‘सुनाइन् पैसा पनि जोगियो समय पनि । महोत्सवमा विभिन्न ब्रान्डका जुत्ता चप्पल एकै स्थानमा भेटियो।  छान्न चार तिर कुद्न पर्थ्यो । महोत्सवमा एकै ठाउँमा पाइयो ।’ समय र पैसा दुवै बचत भएको थापाले बताइन् । 

इटहरी जुत्ता चप्पल महोत्सवमा ३ हजार मेडेलका जुत्ता चप्पल राखिएको  आयोजक समितिका संयोजक होम नाथ उपाध्यायले बताए । यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न ब्रान्डहरू राखिएको बताए । बच्चा,महिला,युवा युवती र ज्येष्ठ नागरिकलाई हुने खाले जुत्ता चप्पल राखिएको छ । उपाध्यायले भने, यहाँ आएपछि जुत्ता चप्पल छान्न अन्त जानु पर्दैन । 

उनले यस अघि काठमाडौँ, पोखरा,बुटवल,विराटनगर,बिर्तामोडमा महोत्सव आयोजना भइरहेको बताएका उपाध्यायले पहिलो पटक इटहरीमा यस्तो खालको महोत्सव आयोजना गरिएको जानकारी दिए ।  

फागुन ११ गते देखि शुरु भएको मेलामा उत्पादक र उपभोक्ता बिच सिधा सम्बन्ध स्थापित गरि बजार प्रवद्र्धन गर्नकोलागि मेला आयोजना गरिएको उनको भनाई छ ।

jutta mela news (4)

 स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्याई यसको बजारीकरणमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ  इटहरी जुत्ताचप्पल मेला आयोजना गरिएको आयोजकको दाबी छ ।  

नेपाली जुत्ता चप्पलको बजारिकरण साथै प्रवद्र्धनमा जोड दिदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुका विभिन्न व्राण्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्च्ड एसोसिएसनका पुर्व अध्यक्ष नानीराज घिमीरेले वताए ।

उनले नेपाली उत्पादनका जुत्ता चप्पलहरुलाई प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको र नेपाली जुत्ताले नेपालका उपभोक्ताहरुलाई पुरा गर्न सक्ने अवस्था गरेको साथै नेपाली जुत्ता निर्यात समेत हुने गरेका वताए ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले पनि मेला सञ्चालनले इटहरी क्षेत्रको व्यापार व्यवसायलाई चलायमान वनाउन सहयोग पुर्याउने वताए ।

jutta mela news (5)

jutta mela news (2)

jutta mela news (3)