सुनसरी । इटहरीको पुरानो तथा प्रतिष्ठित क्लब राष्ट्रिय जागृति क्लबद्वारा आयोजित खुल्ला लोकनृत्य प्रतियोगितामा कोसी सेन्ट जेम्स स्कुल प्रथम भएको छ ।
क्लबद्वारा शनिवार साँझ आयोजित नगर स्तरीय खुल्ला लोक नृत्य प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रममा इटहरीका नौ वटा विद्यालयलाई पछि पार्दै कोशीसेन्ट जेम्स प्रथम भएको हो ।
DSC_5760
यस्तै पिस जोन सेकेण्डरी स्कुल दोस्रो भएको छ भने इटहरी मोडल सेकेण्डरी स्कूलले तेस्रो स्थान हासिल गरेको छ ।
DSC_5746
प्रथम भएको कोशी सेन्टजेम्सले नगद २० हजार, दोस्रो भएको पिस जोनले १५ हजार र तेस्रो स्थान हासिल गरेको इटहरी मोडलले नगद १० हजार पुरस्कार पाएको छ ।
पुरस्कृत बिद्यालयहरुलाई कार्यक्रमका विशिष्ट अतिथि इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेल, इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, कार्यक्रम संयोजक रबिन गौतम र क्लबका पदाधिकारीहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो ।