विराटनगर । माेरङकाे बुढीगंगामा प्रदेश स्तरीय बसपार्क बन्ने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर २ सितापुर मधुपार्क नजिकै बसपार्क बनाउन डिपिआर तयार भएको हाे । बुढी खाेलाकाे किनारमा रहेकाे १७ विगाहा सार्वजनिक जग्गामा प्रदेश स्तरीय बसपार्क बनाउने बारेमा अन्तिम तयारी भइरहेकाे वडा नम्बर २का वडा अध्यक्ष रेवतीनारायण चाैधरीले जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा बन्नलागेकाे
प्रदेश बसपार्ककाे तयारी अन्तिम चरणमा पुगेकाे उनले बताए । `पहिलो चरणको सामाजिक परीक्षण सम्पन्न भएको छ, उनले भने, जग्गा एकिन गर्ने काम सकिएकाे छ, डिपिआर तयार भएर एडिबीमा पुगिसकेकाले चाँडै नै याे परियोजना शुरू हुन्छ।´ जग्गाकाे बारेमा दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिकासँग बसेर छलफल पछि अन्तिम रूप दिने तयारी भएकाे बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले जानकारी दिए ।