विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षामा २ हजार ४३१ जना सहभागी भएका छन् ।  ६४५ जना विद्यार्थीको भर्नाको कोटा रहेकोमा ठुलो सङ्ख्यामा विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएको विद्यालयले जनाएको छ।  विद्यालयका प्रधानाध्यापक खेम भट्टराईका अनुसार प्रवेश परीक्षामा सहभागीहरू मध्ये कक्षा ९ सम्मको भर्ना लिइने छ ।  कक्षा १ मा ५० जना, कक्षा २ मा ५९ जना, कक्षा ३ मा ७४, कक्षा ४ मा १३१, कक्षा ५ मा २२१, कक्षा ६ मा ४१९ जनाले परीक्षा दिएका छन् । त्यस्तै कक्षा ७ मा ४७६, कक्षा ८ मा ५३६ र ९ मा ३७४ जनाले परीक्षा दिएको प्रअ भट्टराईले बताए ।  कक्षा ९ को प्राविधिक धारमा ९१ जना सहभागी भएका छन् । 
pokhariyaa
विद्यालयले आगामी शैक्षिक सत्र २०८१ कोलागि कक्षा १ मा ३० जना, २ मा १० जना, ३ मा ४५ जना, कक्षा ४ मा४० जना, कक्षा ५ मा ७१ जना, कक्षा ६ मा १२२ जना, कक्षा ७ मा ६४ जना, कक्षा ८ मा १५०, कक्षा ९ मा ६५ र प्राविधिक धारमा४८ जनाको भर्ना लिने जनाएको छ। 
सोमबार ६ देखि ९ कक्षासम्म भर्ना लिन प्रवेश परीक्षा लिइएको विद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिए । पछिल्लो समय गुणस्तरीय शिक्षाको लागि भन्दै पोखरिया माध्यमिक विद्यालयमा अभिभावकको आकर्षण बढेको छ ।  पछिल्लो केही वर्षदेखि विद्यार्थीको भर्नालाई थेग्न नसकेर परीक्षा प्रणालीमा समेत कडाइ गरिएको विद्यालयले जनाएको छ। 
pokhari
अङ्ग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन एक सय पूर्णाङ्कको प्रवेश परीक्षा लिने गरेको छ। 

पोखरिया माध्यमिक विद्यालयमा   नर्सरी, केजी र कक्षा १ सम्म स्मार्ट कक्षा सञ्चालन हुँदै आएको छ।   त्यसमाथिका कक्षामा  स्मार्ट बोर्ड मार्फत अध्यापन हुँदै आएको छ।